नागार्जुन नगरपालिकाको वडा नं ५ स्थित आदेश्वरमा शहरी स्वास्थ केन्द्रको स्थापना गरिएको छ । स्थानीयबासीलाई छिटो,छरितो र गुणस्तरीय आधारभुत स्वास्थ सेवा दिने उद्येश्यले स्थापना गरिएको स्वास्थ केन्द्रको बुधबार नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा नगर प्रमुख बस्नेतले नगरबासीका स्वास्थ,शिक्षा, खानेपानी लगायतका हर आवश्यक्तालाई पुरा गर्न आफुहरुले कुनै कसर बाकी नराख्ने र यसैको निरन्तरता स्वरुप ५ नम्वर वडामा स्वास्थ केन्द्र स्थापना गरेको बताए ।
आफु नगरप्रमुख भएर आएदेखि जनतासंग प्रत्यक्ष जोडिएका विषयलाई सधै प्रथामिकतामा राखेर अगाडी बढेको जसको परिणाम जनताले पनि अनुभुत गरेकाले आगामी दिनमा नागार्जुन नगरपालिकालाई नमुना नगरपालिका बनाउने उनले बताए ।
त्यस्तै नगर उप प्रमुख शुसिला अधिकारीले आफुहरुको अथक प्रयास र नगरबासीको सहयोगले स्वास्थका क्षेत्रमा नगरपालिकाले उल्लेख्य प्रगति गर्न सफल भएको बताइन् । उनले स्वास्थ केन्द्रमा आउने सबैलाई उपलब्ध सेवाहरु सहज र प्रभावकारी तरिकाले दिन पनि कर्मचारीलाई आग्रह गरिन ।
कार्यक्रममा वडा अध्यक्ष महेश रिमालले आफ्नो वडामा स्वास्थ केन्द्र स्थापना हुनु धेरै खुसीको कुरा भएकाले आम वडाबासीलाई उपलब्ध सेवा लिई आवश्यक सहयोग गर्न पनि अनुरोध गरेका छन् । यो संगै नागार्जुन नगरपालिकाका १० वटै वडामा स्वास्थ केन्द्र स्थापना भएका छन् । नगरपालिकामा अवस्थित स्वास्थ केन्द्रहरुले न्युन शुल्कमा आधुनिक प्रविधि सहितको भिडियो एक्स्रे सेवा,उच्च रक्तचाप, मधुमेहको परीक्षण र निशुल्क औषधि, गर्भवतीको स्वास्थ परीक्षण,आवश्यक औषधि लगायतका आधारभुत गुणस्तरीय स्वास्थ सेवा दिदै आएका छन् ।
नगरपालिकाले आफ्नो नगरमा कार्यरत सबै स्वास्थ्य स्वमसेविकालाई मासिक ३ हजारको दरले सम्मान भत्ता दिदै आएको छ,जुन काम नेपालमै पहिलो पटक नागार्जुन नगरपालिकाले शुुरु गरेको नगरपालिकाले जनाएको छ ।