नागार्जुन ०७६ भाद्र २१
रन्जन कार्की/सानुराजा पुरी
नागार्जुन नगरपािलका वडा नं ६ मा रहेको जेष्ठ नागरिकहरुको क्षेत्रमा काम गर्ने सामाजिक संस्था अनुभवी आश्रमले नागार्जुन नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरु लाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ । अनुभवी आश्रमका अध्यक्ष तथा कलाकार भिमवरसिह थापाको अध्यक्षतामा नागार्जुन नगरपािलकाका मेयर मोहन बस्नेतको प्रमुख आथिथ्थमा भएको कार्यक्रममा एस.ई.र्इं २०७५ मा अध्ययापन गराएका विषयहरु मध्ये उत्कृष्ठ अंक ल्याउने विषयका विषय शिक्षकलाई सम्मान गरिएको थियो । नगरपालिका भित्ररहेको १० सामुदायिक विद्यालयका १६ जना शिक्षकहरु लाई सम्मान गरिएको थियो ।
जेष्ठ नागरिकहरुको संस्था अनुभवी आश्रमले समाजमा नयाँ काम गरेर शिक्षकहरुमा ऊर्जा प्रदान गरेको मेयर मोहन बस्नेतले वताए । प्रबुद्ध व्यक्तिहरको संस्थालाई सधै साथ सहयोग नगरपािलकाबाट रहने र आगामि दिनमा नगरपािलकाले वहाँहरुकोअनुभवलाई लिने मेयर बस्नेतले बताए । सम्मानीत शिक्षकहरुको तर्फबाट शिक्षक उद्धवराज पुरीले जेष्ठ नागरिकहरुको अनुभव, इतिहासको समिक्षा गर्दे बर्तमानको समस्यालाई विश्लेषण गरेर भविष्यको गोरेटो बनाउन वहाँहरुको अनुभव महत्वपूर्ण हुने वताए ।
वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बुढाथोकीले अनुभव भने को महत्वपूर्ण विषय भएकोले वहाँहरु परेको र पढेको दुवै क्षेत्र बाट खारीनु भएकोले अनुभव नगरपालिलकाले उपयोग गर्ने वताए । अनुभवि आश्रमका सदस्य ईश्वरी भट्टराईले सामाजिक, संस्कृतिक लगायत जेष्ठ नागरिकहरुको आवाज संधै संस्थाले उठाइ रहने वताए । सीताराम मा.वि. का प्रधान अध्यापक सुरेन्द्र थापाले सामुदायिक विद्यालयको शैक्षिकगुणस्तर सुधारका लागि अग्रेजी माध्याममा पढाउने व्यवस्था भएको जानकारी दिए । वरिष्ठ कलाकार एवम अनुभवी आश्रमका अध्यक्ष भिमवरसिह थापाले २०५९ सालमा स्थापना भएको यस संस्थापक अध्यक्ष स्व. शम्भूराज पुरीको योगदानको चर्चा गर्दे संस्थाले समाजका विभिन्न वर्ग समुहका लागि कार्य गर्ने जानकारी गराए ।
अनुभवि आश्रमले जेष्ठ नागरिकहरुलाई सहयोग गरेवापत समाजसेवि राजन पुरी, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बुढाथोकी, वडा सदस्य हेम्जुला राई वि.क. लाई सम्मान गरिएको थियो । डा. सुरेन्द्रवरसिह थापाले समाजमा विशेष योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दा अन्य लाई हौसला प्रदान हुने भएकोले एव शिक्षक भनेका माझी हुन उनीहरु लाई सम्मान गर्दा एउटा वा दुई वटा पुस्ता होइन पाचौ पुस्तालाई सम्मान हुने वताए ।
यसले समाजको विकास क्रममलाई अझ बढी सक्रिय बनाउने जेष्ठ नागरिकहरु समाजमा सक्रिय छन भने पहिचान पनि हो भनि वताए ।