युथ हसन्टार क्लबको आयोजनामा यही आउदो कार्तिक २ गतेबाट प्रथम मेयर कप फूटबल प्रतियोगिता नागार्जुन नगरपालिका–७,हसन्टार फूटबल मैदानमा सुरु हुने भएको छ।खेल कार्तिक १ गतेबाट शुरु हुने भनिएतापनि केहि प्राविधिक कारणले गर्दा कार्तिक २ गतेबाट गर्न लागिएको क्लबका अध्यक्ष विश्वकर लामाले नार्गाजुन पोष्ट लाइ बताउनु भयो । युथ हसन्टार क्लबको आयोजनामा सपन्न हुन लागिएको यस फुटवल प्रतियोगिताको बारेमा आयोजक क्लवले कंलन्की स्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएका हुन् ।
आयोजित पत्रकार सम्मेलनमा नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत ,वडाका वडा अध्यक्षहरु, क्लबका पदाधिकारीहरु, बिभिन्न सङ्संस्थाका प्रतिनिधिहरु, समाजसेवी लगायत नगरवासिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै मेंयर बस्नेतले नगरभित्र यस्तो प्रतियोगिता हुनु सम्पूर्ण नगरवासीका लागि खुशीको कुरा रहेको र यस प्रतियोगिताले खेलाडीलाई प्रोत्साहन, खेलकुद प्रेमिमा हौसला प्रदान हुने बताउँदै यस प्रतियोगिताका लागि नगरपालिका र आफुले प्रतियोगिताका लागि सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष विश्वकर लामाले नगरभित्र बसोबास गर्ने वासिन्दाहरुको एक आपसमा परिचय, मित्रता, आपसी सद्भाव र हरेक वडामा फूटबलको महत्व तथा फुटबल खेलाडिलाई प्रोत्साहित र प्रोत्साहन यस प्रतियोगितले प्रदान गर्ने बिश्वास ब्यक्त गर्नुको साथै यस खेलमा खेल्न ईच्छुक नागार्जुन नगरपालिकाका खेलाडी, क्लब , संघ संस्थाले अशोज १२ गते सम्ममा फाराम बुझाउन समेत आग्रह गरेका छन् ।
उक्त पत्रकार सम्मेलनमा उपस्थित वडा अध्यक्षहरु साथै नगरवासीहरुले प्रतियोगितालाई कसरी अझैँ राम्रो बनाउन सकिन्छ भन्ने बिषयमा सल्लाह सुझाब प्रस्तुत गरेका थिए ।
प्रतियोगिताका लागि भदौ २१ गते शनिबारदेखि फाराम खुला हुने तथा असोज १२ गतेसम्म फाराम बुझाउन सकिने आयोजकले जानकारी दिएको छ।