समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागार्जुन न.पा. कार्यलयमा पालिका समितिका संयोजक नगर प्रमुख मोहन ब. बस्नेतको संयोजकत्तवमा ना.न.पा को आ.व. ०७६/०७७ को समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पालिका समिति द्वारा तयार पारिएको वार्षिक कार्ययोजना सहितको वार्षिक क्यालेन्डरमा समावेस भएका कार्यक्रमका बिषयमा छलफल तथा नगर क्षेत्रमा सडक बत्ति, सिसि टीभी जडान तथा हाल काठमाण्डौँमा देखिएको डेङ्गो रोगलाई कसरी नियन्त्रण गर्ने भन्नेबारेमा बिशेष छलफल भयो । कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत स्वयम्भुका प्रमुख लाल ध्वज सुवेदीले शान्ति सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने कारणले गर्दा यसको लागि समुदायका सबै व्यत्तिका तर्फबाट पनि सहयोग र समान सहभागिता जरुरी रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख मोहन ब. बस्नेतले समाजमा अपराध न्यूनिकरण गर्न प्रत्येक घरघरका व्यक्तिहरु परिवार भित्रै बाटै सचेत भई घर परिवारलाई नियन्त्रणमा राख्न सके समाजमा यस्ता खाले घटनाहरु नघट्ने बताउनुभयो । कार्यक्रममा बिद्यालय तथा समुदाय केन्द्रित जनचेतना मुलक कार्यक्रमहरु समावेस गर्न कार्ययोजना सहित तिव्रता दिनका लागि उपस्थित पालिका समितिका प्रतिनिधिहरु माझ छलफल गरी चालु आर्थिक वर्षमा ना.न.पा बाट समुदाय प्रहरी साझेदारी कार्यक्रमका लागी विनियोजित बजेट बाट बैठकमा वार्षिक कार्ययोजनाका रुपमा पेश भएका कार्यक्रम संचालन गर्न ७ सद्स्यिय उप समिति तयार गरीयो र उक्त समितिले आगामी कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गरी कार्यक्रममा समापन भएको थियो।