प्रेम कृष्ण खनाल,काठमान्डौंं
हरेक वर्ष कैलाश मानसरोबर को यात्रा को लागि नेपाल आउन हुने आध्यात्मिक, दूरदर्सि, प्रबुद्ध सद्गुरु विश्वमा माटोको संकट समाधान गर्न मार्चमा सुरु गरेको विश्वव्यापी “माटो बचाउ” अभियानलाई नेपाल ले गरेको समर्थन मा सम्वोधन गर्नको लागि ललितपुरको गोदावरी अबास्तित “सनराइज कन्भेन्सन सेन्टर” मा आयोजित ‘माटो बचाउ’ कार्यक्रममा करिब छ हज्जार पाच सय जनसमुदाय बीच पहिलो पटक सार्बजैनिक सम्बोधन गर्नुभयो। स्वर्ग खोज्न कतै जानु पर्दैन , नेपाल भ्रमण गनुहोस !! यो भनाई बाट संसार भर नेपाल लाई चिनाउन मद्दत गर्नहुने सद्गुरु को दर्सन को लागि साधक, अनुयाई, नेता, मन्त्रि, कलाकार ,गाएक, पत्रकार , टुरिजम पेर्सोनालिटी, यात्री, लेखक, ब्यापारी, बिध्यार्थी, हरु को बाक्लो उपस्तिथी थियो | सद्गुरु को करिब तिन घण्टा लामो कार्यक्रम ले माटो र हाम्रो सम्बन्ध को बहुआयामिक पाटा हरु अनुभूत गरायो । नेपाल को इतिहास मा यो सबै भन्दा बृहत, ज्ञानमूलक, ऐतिहासिक कार्यक्रम सम्पन्न भएको थियो।
के हो यो माटो जोगाऊ अभियान ?
केहि वर्षअघि सम्म savesoil भनेर ,हरियो लुगा लगाई देश - विदेश का सहर , गाऊ, चोक, डबली मा माटो सम्बन्धि गीत गुन्जी रहेका हुन्थे र बटुवाहरु निकै नै उत्सुक भएर Savesoil बारे सुनिरहेका हुन्थे । आम जनसमुदाय मा एउटा प्रस्न उब्जिन्थ्यो के हो यो Save Soil ? के भनेको होला, माटो जोगाऊ भनेर ? हामी ले कसरि माटो जोगाउने ? किन जोगाऊन पर्यो माटो ? हामी गाउमा छौ, माटो त जा को त्यही छ त ? हामी सहरमा बस्छौ, हामीले कसरि माटो जोगाऊ अभियान लाई सहयोग गर्न सक्दछौ ? यस्ता कयौ प्रस्नहरु बिश्वभर उठ्ये ।
माटो जोगाऊ को बिषय मा प्रवेश गर्नु भन्दा पहिला हामीले सर्बप्रथम माटो र माटोको बहुआयामिक मह्त्व बारे बुज्न जरुरि छ । हाम्रो सरिर पाँच तत्व बाट बनेको छ, हामी मात्र होइन यो धर्ति मा सबै सजिब , निर्जीव, चल-अचल बस्तु हरु को उद्गम थलो माटो नै हो, हाम्रो सरिर को ६०% माटो नै छ र बाच्न को लागि हामी ले यहि माटो मै उब्जेको उत्पादन को साहारा ले बाच्नु पर्छ । अब एकचोटी लामो सास फेरेर सोचौ, माटो बिना हाम्रो जिबन सम्भव छ त ? पकै पनि छैन।
तपाई सहर मा बस्नुहोस या गाउ मा बस्नुहोस, तपाई को जिबन को हरेक पाटा हरु माटो संग जोडिएका छन्। माटो जोगाऊ विश्वव्यापी अभियान हो जो " सद्गुरु " ले सुरु गर्नु भएको हो, यो अभियान ले हाल बिश्वो मा माटोको सङ्कटपूर्ण अवस्थाबारे सम्बोधन गर्न संसारभरिका मानिसहरूलाई एकजुट बनाउँदै माटोलाई स्वस्थ राख्नको लागि आवाज उठाउन आह्वान गर्दछ साथै, यो अभियानले सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनेतर्फ राष्ट्रिय नीति बनाउन र त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्नेछ ।
यस ग्रहमा रहेका जीवजन्तुहरूको ८७ प्रतिशत जीवाणु, कीरा, कीरा, पंक्षी, जनावर, मानिस, बोटबिरुवा, रूख र अन्य सबै वनस्पतिहरू माथिल्लो माटोको औसत ३९ इन्चले बाँचिरहेका छन्। र यो अहिले गम्भीर खतरामा छ। पछिल्लो चालीस वर्षमा विश्वको माथिल्लो माटोको चालीस प्रतिशत नष्ट भएको छ। संयुक्त राष्ट्रसंघले भनेको छ कि हामीसँग लगभग ८० देखि सय फसलका लागि मात्र माटो बाँकी छ, जसको अर्थ अर्को पैंतालीस देखि ६० वर्षको कृषि हो। त्यस पछि, हामीसँग खाना उत्पादन गर्न माटो हुनेछैन। संसारमा हामीले भोग्ने पीडाको कल्पना गर्न सक्नुहुन्छ। भारतको ३० प्रतिशत जमिन पहिले नै क्षतविक्षत भइसकेको छ र भारतका ९० प्रतिशत राज्यले माटो मरुभूमिमा परिणत भएको देखिरहेका छन् । यसको मतलब त्यहाँ केही पनि खेती गर्न सकिँदैन। त्यसैले यस भूमिको भावी पुस्ताका लागि माटोको संरक्षण गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। - सद्गुरु
के तपाई लाई जानकारी छ ?
यो धर्ति को ५२% माटोले आफ्नो उर्बर शक्ति गुमाएर बालुवा मा परिणत भएको छ। सन् २०४० सम्ममा, ( बिस वर्ष पछि ), संसार का मनिसहरु लाई करिब ४०% भोजनको अभाब हुने छ र यो हाम्रो समय मा, हामी ले नै भोग्नु पर्नी बाध्यता छ, हाल कृषि उत्पादन बृदि गर्न को लागि माटो मा किटनासक औसधी प्रयोग गरिदै आएको छ, जसको प्रभाब ले हाम्रा आगामी सन्तति हरु कुनै न कुनै घातक रोग को सिकार हुने निश्चित नै छ, भने हरेक खाद्यन को ९० % पौष्टिकतत्व नास भएर २ अर्ब मानिसहरु कुपोशण को सिकार हुन बाध्य हुनेछन | यो अहिलेको परस्थिति अनुरुप् निश्चित नै छ |
यदि यो क्रम नरोकिने हो भने निकट भबिष्य मा नै भोजन को लागि world war हुने निश्चित छ, जसमा धनि भनिने हरु को भोजन भोका हरु ले लूटने छन् ,नेपाल जस्तो सबै दैनिक उपभोग्य बस्तु बाहिरी मुलुक बाट आयात गर्ने देश मा यो समस्या सुरु मै देखिने छ, भोजनका लागि मानिस आफै मा घातक सिद्ध हुनेछन, किनकि यस को पहिलो प्रभाब परिवार को महिला र केटाकेटी को जिबन पर्दछ, त्यसैले मनिस जहाँ बसोबास गर्छन सोहि ठाउँ मा नै खाध्यान उत्पादन गर्न जरुरि छ।
अब कुरा पानी को, जब माटोको उर्बर शक्ति कम हुन्छ तब , माटो ले पानी संचित गर्ने सक्दैन फलस्वरूप अतिबृस्टि, अनाबृस्टि, खडेरी , भू - छ्य हुने गर्दछ , हुन त यो कुरा हामीले School मै पढेको कुरा हो तर , यो समय अहिले संसार का विभिन्न मुलुक हरु मा देखा परिरहेको छ | माटोमा जैविक पदार्थ लाई संचित गराउन सकेको खण्ड मा , माटो ले ९०% सम्म यसको जैबिकता जोगाउदछ र बाताबरण अनुकुल जमिन मा संचार गर्दछ, यो प्रकृति को अद्भुत Technology हो, बैज्ञानिक हरु को अनुसार बार्षिक २७००० प्रजाति हरु र करिब ८०% किट हरु बिनाश भैसकेका छन् र एसको असर हाम्रो ECO - System मा परिरहेको छ, माटोमा बायुमण्डल र बनस्पति भन्दा करिब ३ गुना बडी कार्बन संचित गर्न सक्ने क्षमता रहन्छ र माटोको कार्बन भण्डार गर्ने शक्ति मा गिरावट आएमा यो जलबायु परिबर्तनको कारण हुनेछ, आज पश्चिम नेपालका अपि -सैपाल हिमाल मुनि बसोबास गर्दै आएका आदिबासी हरुले , हरेक वर्ष जाडो को समय मा सेतो हिउ पर्नु को साटो कालो हिउ परेको र पानी को लागि हिउ पगालेर पिउदा विभिन्न अज्ञात रोगहरुको सिकार हुनु परेको जिकिर गर्दछन्, सेता मनमोहक हिमालहरु काला पहाडहरू मा परिबर्तन भएका छन् , glacier हरु सुक्दै जाने , समुन्द्र सतहका टापू हरु समुन्द्र मै बिलिन भएका छन् , अबको केहि दसक मा मंदिव्स , किरिबाती, भानाबातु,तुवालु , सोलोमोन आइलन्ड समुन्द्र मुनि बिलिन हुनेछन।
समाधान के छ त ?
समधान निकै सजिलो छ, तपाई , हामी , हाम्रो समाज , देशले यो कुरा लाई आत्मसाथ गरेर, नीतिगत हिसाबले नै माटो किटनासक औषधिको प्रयोग लाई निरुसहित गर्ने र माटोमा बनस्पति , जनाबार को मल , पात पतिङ्गर मिसाएर , खेति गर्न | माटो मा करिब ३-६ % सम्म जैबिकता कायम गर्ने, यदि यो क्रम को सुरुवात हामी आजको generation ले गरेमा हाम्रा भाबी सन्ततिहरु २ छाक राम्रो खाएर बच्ने छन् भने ती अनगिन्ति microorganism , जलचर , थलचर हरु को समेत को उद्धार हुनेछ , यो नै मानब धर्म साबित हुने छ।
माथिल्लो छ इन्च माटोमा एक प्रतिशतले जैविक पदार्थ बढाउँदा प्रति एकर २०,००० ग्यालन बढी पानी हुन्छ। माटो जीवित हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो किनभने माटोको बलले प्रत्येक जीवनको बल निर्धारण गर्दछ। - सद्गुरु
यो कसरि सम्भब हुदै छ त?
आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव जसको भर्खरै आफ्नो ‘माटो बचाउ’ अभियानअन्तर्गत २७ राष्ट्रको ३० हजार किलोमिटरभन्दा बढीको मोटरसाइकल यात्रा सोलो बाइकिङको १०० दिन पूरा गर्नु भएको छ र देश विदेश को राज्य संचालक , राजनीतिज्ञ हरु, USA र EU संग आबद्द मुलुक हरु, साथै UN, UNEP, IUCU, Restore our earth, Global citizen forum , Partnership for change , Evertz, Daink Bhasker जस्ता संघ संस्था यस बिषय लाई मध्ये नजर गरि नीति निर्माण तबर मै माटो मा जैविककता कायम गर्ने प्रण गरेका छन्, "माटो मा जैबिकता " को अभियान सुरु गरि सयौ अर्ब को लगानी गरेका छन्।
खाना बजार बाट आउँदैन, यो माटोबाट आउँछ। जति स्वस्थ माटो, जति स्वस्थ खाना, त्यति नै स्वस्थ शरीर” माटोमा हात मिलाउनुहोस् - माटो फोहोर हुँदैन - यो समृद्ध छ, यो हाम्रो स्वस्थ जीवन र सुरक्षित वातावरणको आधार हो।" - सद्गुरु
सद्गुरु सहित ISHA sacred walk को टोलि हाल Acclimatization climbing को लागि जोमसोम - अप्पर मुस्ताङ बरपर को क्षेत्र को भ्रमण सकेर हिल्सा - लिमि उपत्यका हुदै कैलाश - मानसरोबर यात्रा सकेर काठमाडौँ फिर्ता हुनुभएको छ |