आर्य एकेडेमीका प्रधानाध्यपक दुर्गा प्रसाद गौतमका अनुसार,"आर्य एकेडेमी वि .स २०७२ साल बैशाख महिना देखी नार्गाजुन नगरपालिका वडा नं ४ मा संचालित समुदायमा आधारित निजी कक्षा पि .जी देखी कक्षा १२ सम्म स्वीकृती प्राप्त शैक्षिक संस्था होे । हाल सम्म यस विद्यालयबाट पाचौँ व्याच परीक्षामा विधार्थी सामेल भई उत्कृष्ट नतिजा हासिल गर्न सक्षम भईसकेको विद्यालय हो । छोटो अवधिमा नै नागार्जुन नगरपालिकामा मात्र नभई काठमाण्डौँ उपत्यकामा नै निजी क्षेत्रबाट संचालित प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा देखा पर्न सफल आर्य एकेडेमी विद्यालयले विद्यालयको पठन पाठन लगायत अतिरिक्त गतिविधिहरुलाई बैज्ञानिक विधीबाट संचालन गर्दै आईरहेको छ । यस विद्यालयले आफ्नो विद्यालयका विधार्थीहरुको शैक्षिक, चारित्रिक, सामाजिक तथा अतिरिक्त व्यक्तित्व विकास र निमार्णमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेको छ । यस विद्यालय दक्ष अनुभवी तथा तालिम प्राप्त उच्च शैक्षिक योग्यता हासिल गरेका शिक्षक शिक्षिकाहरुको समूहद्धारा संचालन गरिएको छ । आर्य एकेडेमी स्कुलमा विधार्थीहरुको अतिरिक्त क्रियाकलाप संचालनका लागि सुविधा सम्पन्न खेल मैदान फुटसल , बास्केटबल कोर्ट, टेबल टेनिस कोर्ट , व्याटमिन्टन कोर्ट, कम्पुटर ल्याब, लाइब्रेरी , प्रोजेक्टर हल, आदिको राम्रो प्रवन्ध रहेको छ ।
विद्यालय उच्च शैक्षिक योग्यता, अनुभवी तालिम प्राप्त समूहद्धारा संचालित रहेकोले शैक्षिक गुणस्तरमा पुरै ध्यान पु¥याएको छ । शिक्षा केवल व्यक्तिलाई ज्ञान प्रदान गर्ने प्रक्रिया मात्र होइन , यो मानिसको दीर्घ जीवन सम्मका लागि नैतिक– चारित्रिक मुल्य मान्यता, अनुभव र ज्ञान सिप संकलन गर्ने प्रक्रिया हो । यो प्रक्रियाको खोजी आज हरेक अभिभावकको चाहना हो। उक्त चाहना पुरा हुने गरी यस विद्यालयले आफ्नो सम्पूर्ण गतिविधीहरु संचालन गरिरहेको छ । आज विश्व बजार तथा मुलुक र समाजमा उन्पन्न समस्यालाई सजिलै सामना गर्न सक्ने जागरण भरिएको विधार्थी उत्पादन हुने क्रियाकलापलाई विद्यालयले विशेष ध्यान दिदै आइरहेको छ ।
आर्य एकेडेमी विद्यालयले शैक्षिक गतिविधी नेपाल सरकारको निर्देशन अनुसार संचालन गर्दै आईरहेको छ । हामीलाई विस्वाश छ हामीले संचालन गर्दै आएको शैक्षिक तथा अतिरिक्त क्रियाकलापले विधार्थीहरुको सिप, क्षमता र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विद्यालयले विधार्थीको चारित्रिक नैतिक र शैक्षिक विकासका लागि अभिभावकहरुसँग सहकार्य गर्दै पनि आईरहेको छ ।
विद्यालयले सधैँ स्वच्क्ष शरीर भए स्वच्क्ष मष्तिश्क हुन्छ भन्ने कुरामा विश्वास राख्दछ । त्यसैले विधार्थीहरुलाई शारीरिक रुपमा तन्दुरुस्त रहन आवश्यक पर्ने शारीरिक व्यायम एवं योगसँग सम्बन्धित उमेर समूह अनुसारका विधार्थी भाइबहिनीहरुको सहभागितालाई जोड दिदैँ यससँग सम्बन्धित कक्षाहरुको व्यवस्था गर्दै आएको छ । कतिपय जीवन उपयोगी क्षमता र मुल्यमान्यताहरु नत स्कुलको कक्षा कोठामा सिकाउन सकिन्छ नत घरमा नै । यस्ता जीवन उपयोगी क्षमता वृद्धिका लागि यस विद्यालयले विषेश अतिरिक्त कक्षाहरुको व्यवस्था गर्दै आइरहेको छ । विद्यालयले सबै उमेर समूहका विधार्थीहरुलाई प्रयोगात्मक कक्षाहरुको व्यवस्था गर्नुका साथै शैक्षिक योगा , ध्यान ,भ्रमण, तालिम, स्थल अवलोकन राफटिङ, स्विमिङ, श्रव्य दृश्य अवलोकन ,पुरातात्विक ऐतिहासिक स्थलहरुको भ्रमण आदि व्यवस्था गर्दै आइरहेको छ ।
जसरी मालीले एउटा बिरुवालाई हुर्काएर मीठो फल फलाउँछ त्यसै गरी यस विद्यालयले स्कुल भित्र पठन पाठनका लागि भर्ना हुने कलिला नानीहरुलाई कर्मठ क्षमतावान दक्ष र सिप मुलक जनशक्तिका रुपमा तयार गर्न उचित शैक्षिक वातावरण प्रदान गर्दै आइरहेको छ । जसका लागि विद्यालयले उमेर समूह अनुसारको तालिम कक्षाहरु विद्यालय भित्र आफ्नै दक्ष जनशक्ति र वाह्य तालिम कर्ताहरुको सहयोगमा संचालन गर्दै आइरहेको छ ।
यसै वर्षदेखी विद्यालयले व्यवस्थापन संकाय तर्फको आकर्षित कोर्ष होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम तथा कम्पुटर साइन्स जस्ता विषयहरु संचालन गर्ने व्यवस्था समेत गरेको छ । आर्य एकेडेमी स्कुलले आफ्नो स्थापनाको छोटो समयमा प्रवाह गरेको शैक्षिक सेवालाई हेर्दा यो विद्यालय छोटो समयमा नै नागार्जुन नगरपालिका भित्रका अभिभावक तथा विधार्थीहरुको माझ लोकप्रिय विद्यालयको रुपमा स्थापित भइसकेको छ । आर्य एकेडेमी विद्यालय अझ अघि बढ्न तथा यहा पढ्ने बिधार्थीहरुको भविष्य उज्वल बनाउन सधै आफ्ना अभिभावकहरुको साथ,सहयोग र सुझावको गर्दछ अपेक्षा गर्दछ," प्रधानाध्यपक गौतमका अनुसार आर्य एकेडेमीमा नया सेसनकोलागी भर्ना खुलेको छ,त्यस बिषयमा सम्पूर्ण जानकारीको लागी अभिभावकले ९८४१२८६५६४ मा सम्पर्क गर्नसक्नुहुन्छ ।