३० बैसाख २०८०, रन्जन कार्की
नेपाल मानव अधिकार संगठन नागार्जुन नगर कमिटीको प्रथम अधिवेसन हरिसिद्दि मन्दिर नजिकैको आफ्नै कार्यलयमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल मानव अधिकार संगठन काठमान्डौ जिल्ला सभापती रविन सिह बस्नेत, जिल्ला सदस्यहरु केसव थापा,विदुर कार्कि, बिक्रम श्रेष्ठ,अमरावती बलामी महर्जन,काठमान्डौ १४ नं का सह सयोजक सुरेन्द्र मानन्धर,सहारा नेपालबाट रवी राइ,सितापाइला प्रहरी प्रभागका प्रहरी नायव निरीक्षक रामजी घिमीरे तथा अन्य भद्र भलादमि को उपस्थिति रहेको थियो ।
उक्त अधिवेसनले नेपाल मानव अधिकार संगठन नागार्जुन नगर कमिटीमा संयोजक पदको लागी उमेश मल्ल ठकुरिलाइ सर्बसमव्त रुपमा घोषणा गरेको छ भने नागार्जुन नगर कमिटीमा रिषी श्रेष्ठ,रचना आचार्य,राजेश रोक्का र श्याम सुन्दर मरहठ्ठा चयन हुनुभएको छ । त्यस्तै सबै वडाको संयोजकहरुको पनि सर्बसमव्त रुपमा गठन सम्पन्न भएको छ । वडा संयोजकहरुमा नागार्जुन वडा नं १ मा आरति चित्रकार, वडा नं २ मा बिजय धमला,वडा नं ३ मा समीर पुतुवार, वडा नं ४ मा सुदर्सन सापकोटा,वडा नं ५मा आकाश कंडेल,वडा नं ६ मा रन्जन कार्कि,वडा नं ७ मा आशिष गिरि,वडा नं ८ मा कल्पना श्रेष्ठ ,वडा नं ९ मा अमिर बिडारि,वडा नं १०मा शिरीष खडका रहेका छन। त्यस्तै सबै वडाहरुमा ५० जना सदस्यहरु रहेका छन ।
काठमान्डौ जिल्ला सभापती रविन सिह बस्नेतले नया कार्यसमीतीलाइ बधाइ दिनुका साथै चाडै नै भ्रष्टाचार बिरुद्धको कार्यक्रममा गर्न निर्देशन पनि दिनुभयो । कार्यक्रममा बोल्दै जिल्ला सदस्य केसव थापाले नेपाल मानव अधिकार संगठन नागार्जुन नगर कमिटीले नागार्जुनमा समाज परिवर्तनको लागी ठुलो भुमीका खेल्ने बताउनुभयो । त्यस्तै नागार्जुन नगर कमिटीका संयोजक उमेश मल्ल ठकुरिले नया कार्यसमीतीसंग नया जोश जागरका साथ काम गर्ने पनि बताउनुभयो । कार्यक्रममा आ-आफ्नो तर्फबाट सहयोग गर्नुभएका मानव अधिकार संगठनका आजिवन सदस्य सुरज के.सी,वडा ७ का संयोजक आशिष गिरि,नागार्जुन जागरण मन्चका सुप्रित्र थुलङ , मिडीयाका तर्फबाट तिखो कलमका सम्पादक उद्धब बन्जारा र नागार्जुन पोष्टका सम्पादक तथा वडानं ६ का संयोजक रन्जन कार्कीलाइ सम्मान गरिएको थियो ।