नागार्जुन नगरपालिकाको सेवा प्रवाह तथा विकास निर्माण सम्बन्धी विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
हरिसिद्धि मन्दिरको प्राङ्गणमा सम्पन्न भाएको सो कार्यक्रममा ट्राफिक व्यवस्थापन, सम्पदा क्षेत्रको सडकखण्ड कालोपत्रे,सडक निर्माण, पर्यटन केन्द्र विकास, पार्क, नगर प्रहरी,स्वास्थ्य विमा ,कृषि तथा शिक्षा लगायतको विषयमा गुनासो उठेको थियो । कार्यक्रममा प्रश्न गर्दै नगरवासीले स्वास्थ्य विमाको व्यवस्था बाट वञ्चित भएको बताउनु भयो। वर्षामा आउने पानीलाई संरक्षण गर्न सके वर्षाको पानीले नगरवासीलाई पर्याप्त हुने नगरवासी को भनाई थियो । कार्यक्रमा स्थानीयवासीले विभिन्न स्थानको सडक कालोपत्रे नभाएको गुनासो व्यक्त गर्नु भयो साथै नगरपालीकामा उठ्ने करको दर भन्दा दायरा बढाउनुपर्नेमा जोड दिनुभयो । शिक्षाको क्षेत्रमा नगरपालिकाले छुट्टै ऐन बनाउनुपर्ने स्थानीयवासीले बताउनुभयो भने फोहोरमैला संकलनमा अनियमितता आएको स्थानीयको गुनासो थियो ।
कार्यक्रममा वोल्दै नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले नगरपालिकामा २७ वटा कानून निर्माण भएको बताउदै नगरपालिकामा विकास निर्माणका कार्य धरै अगाडि बढेको बताउनुभयो । आगामि दिनमा नगरवासीको आवश्यकता तथा सल्लाहका आधारमा नगरको विकास गर्नै प्रतिवद्धता व्यतm गर्दै पहिलो कार्यकालमा नगरवासीको साथ सहयोग प्राप्त गर्न सफल भएकाले यस पटकको कार्यकालमा नागार्जुन नगरपालिकालाई नमूना नगरपालिका बनाउने बताउनुभयो । प्रमुख बस्नेतले कार्यक्रमा प्रस्तुत भएका प्रश्न तथा सुझावहरुलाई सम्बोधन गर्दै सो कार्यहरुलाई तत्काल कार्यान्वयन गर्न वडा प्रमुखहरुलाई निर्दैशन दिनुभयो ।
प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नगरवासीले सार्वजनिक सुनुवाई कार्यक्रममा राखेका प्रश्न निकै महत्वपूर्ण भएको बताउदै ति प्रश्नहरुले जनप्रतिनिधिहरु लाई घचघचाउन पहल गरेको बताउनुभयो।
बागमति प्रदेश सभा सांसद उद्धव थापाले नगरपालिका क्षेत्रभित्र रहेका जलाधारहरुलाई ड्यामका रुपमा निर्माण गरी नगरवासीलाई पानी उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
त्यस्तै बागमति प्रदेश सभा सांसद केशव प्रसाद पोखरेलले सकारात्मक परिवर्तन हुने कुरा विकास भएको बताउदै नगरपालिकामा विकास निर्माणका कार्य द्रुत गतिमा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर दिदै नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारीले सूचना प्रवाहका लागी हरेक ३र३ महिनामा नगरपालिकाको वेवसाइटलाई व्यवस्थापन तथा मर्मत गर्ने बताउनुभो भने नगरपालिकाले नगरवासीलाई स्वास्थ्य विमा प्रभावकारी रुपमा उपलब्ध गराउने प्रयत्न गरिरहेको बताउनुभयो । साथै नगरपालिकाको पुरानो भवनलाई अस्पतालका रुपमा निर्माण गर्ने तयारी गरिरहेको बताउनुभयो । नगरपालिकाले व्यायामशाला सहितका पार्क निर्माण गर्ने योजना रहेको र नगरपालिकाले कानून बनाउदा संघसँग नबाझिने गरी बनाउने उहाले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वयम्भू बृतकी प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले सितापाईला देखि रामकोट आउने बाटोमा ४ महिनामा ८५ जनालाई ट्राफिक नियम उल्लङ्घन गरेबापत कारवाहि गरेको बताउदै नागार्जुन क्षेत्रको शान्ति, अमन चयनलाई मध्यनजर गर्दै शान्ति सुरक्षामा खटिरहेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी तथा नगरवासीहरुको उल्लेख्य उपस्थिितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।