नागर्जुन नगरपालिकाको आठौं नगरसभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काठमाण्डौ क्षेत्र नं ८ का प्रदेश सांसद विराजभक्त श्रेष्ठले नगरपालिकाले विकासमा खर्च गरेको बजेट रकमको तथ्याङ्गले नगरपालिका विकासको गतीमा अगाडि बढ्न सफल भएको बताउनुभयो । साथै उहाले नगरपालिकाको नितीगत व्यवस्थामा ध्यान दिन अनुरोध गर्नुभयो र नगर ससक्त बनाउन नगरपालिकाको समिति बलियो बनाउनुपर्ने बताउदै त्यसका लागी केन्द्रले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
बागमती प्रदेश सांसद उद्धव थापाले नागार्जुन नगरपालीका भौगोलिक रुपमा काठमाण्डौको सवैभन्दा सुन्दर नगरपालिका रहेको बताउदै नगरपालिकाको विकास निर्माणका लागि जनप्रतिनिधि मात्रको नभई समिष्ठ रुपमा सबैको कुरा सुन्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश संसद बालकुमारी विकले महिला उद्यमीका लागि बिनियोजन गरेको बजेटबाट प्राप्त प्रतिफलको लेखाजोखा नगरपालिकाले राख्नुपर्ने बताउनुभयो ।
त्यस्तै बागमती प्रदेश सदस्य आशा लामाले नगरपालीकाले प्रवाह गरिरहेको सेवा सुविधाबारे ग्रामिण भेगका नगरवासी बेखबर रहेको बताउदै त्यसको सहजीकरणका लागी नगरपालिकाले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
बागमती प्रदेश सभा सांसद केशव पोखरेलले नगरपालिकाले प्राप्त गरेको एकल अधिकारमा नितिगत रुपमा सक्रिय भएर लाग्नुपनै बताउनुभयो । साथै नगरपालिका भित्र रहेका प्रति जग्गाको सदुपयोग गरि पार्क बनाउने कुरालाइ बढि प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिकाका प्रमुख नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले नगरपालिकाको सामूदायिक विद्यालयले शिक्षा क्षेत्रमा फड्को मार्न लागेको बताउदै नगरसभामा सर्वसम्मत रुपमा पारित भएका प्रस्तावहरु कार्यान्वयन हुने काम भैरहेको बताउनु भयो । साथै उहाले ३–३ महिनामा वडामा सार्वजनिक सुनुवाइ गर्न निर्देशन दिनुभयो ।
त्यस्तै नगरपालिकाकि उपप्रमुख सुसिला अधिकारिले आफुहरु नगरवासीको अभिभावकको रुपमा रहेको बताउदै आगामि दिनहरुमा पनि नगरवासीबाट साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारीले कार्यपत्र मार्फत नगरपालिकाको २०८०/८१ को बजेट समिक्षा प्रस्तुत गर्नुभयो ।
नगरपालिकाकि आर्किटेक इन्जिनियर आशा रिमालले एक वडा एक फिटनेस सहितको पार्कको प्रगती विवरण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नागर्जुन नगरपालिकाले सम्पन्न गरेको नगरसभा कार्यक्रम नगरपालिका मातहतका १० वटै वडाका वडा अध्यक्ष,प्रदेश सांसद, पूर्व वडा अध्यक्ष,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।