काठमाडौं – नेपाल नेटबल संघको आयोजनामा प्रथम पटक दक्षिण एसियाली यू १६ नेटबल च्याम्यिनसिप हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गते सम्म आर्मी फिजिकल तथा स्पोर्ट सेन्टर लगनखेलमा उक्त प्रतियोगिता हुन लागेको नेपाल नेटबल संघका अध्यक्ष तथा नागार्जुन न.पा. का मेयर मोहन ब. बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए । उहाले आगामी दिनमा नागार्जुन न.पा. ले नेटबलको भवन बनाउने तथा ब्याट् मिन्टन, तेक्वान्दो, फुटसल लगायत सम्पूर्ण खेललाई समान रुपमा लानको लागी तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरी खेलकुद मार्फत राष्ट्रलाई विश्व सामु चिनाउनको लागी नागार्जुन न.पा. तथा आफ्नो व्यक्तिगत तर्फबाट गर्न सक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउनुभयो ।
प्रतियोगितामा आयोजक नेपाल, भारत,बंगलादेश,पाकिस्तान, श्रीलंका र मल्दिभ्सको सहभागिता रहनेछ । लिगकप नकआउटमा खेलाउने यस खेलमा १० मिनेटको दरले ४० मिनेटको खेल हुनेछ । यस प्रतियोगितामा प्रति टिम १७ जनाको टिम हुनेछ भने १५ जना अम्पायर र अफिसियल हुने छन् । अन्तराष्ट्रिय अम्पायरमा सिंगापुर,पाकिस्तान, श्रीलंका,भारतवाट दुई, दुई जनाको दरले कुल आठ र बाँकी नेपालवाट पनि दुई जना रहनेछन् । प्रतियोगितामा कुल ६ वटा देशका खेलाडीहरु सहभागि हुने नेपाल नेटवल संघका महासचिव दिपक लामाले पत्रकार सम्मेलनमा बताए ।
उक्त प्रतियोगिताको लागि भदौं २१ गते छनोट प्रक्रियाद्धारा ६८ जनावाट ३७ जना र ३७ जनावाट २२ जना छनोट भएका छन् । २२ जनावाट पनि १२ जनालाई असोज दोस्रो सातावाट बन्दसत्रमा राखिने छ । यसअघि स्कुल स्तरिय यू(१६, यू(२१ र सिनियर गरि विभिन्न स्तरमा नेटवल प्रतियोगिता हुँदै आएको भएपनि दक्षिण एसियाली नेटवल प्रतियोगिता भएको भने यो पहिलो पटक हो । उक्त प्रतियोगिता नेपालका खेलाडीहरुलाई अन्तिराष्ट्रिय स्तरमा चिन्ने अवसर पनि भएको आयोजकको दाबी छ । काठमाडौको कुल ३२ वटा विद्यालयमा नेटवल खेलको अभ्यास हुने गरेको आयोजकले बताएको छ ।
नेटबल खेल क्यानडावाट सुरु भएको हो र विस्तारै यसको विस्तार हुँदै एसियन च्याम्पियनसिप, साउथ एसियन च्याम्पियनसिप सम्म आईपुगेको छ । नेटवल गल्र्सहरुले मात्र खेल्ने खेल हो । यसको एउटा टिममा १२ जना खेलाडी सहभागि हुनेछन् भने १२ जना मध्ये ७ जना पोजिसन अनुसार खेल्नेछन् जसमा सेन्टर, जिके,गोलस्टार,गोल किपर,डिफेन्स,गोल सुटर गोल याट्याक्करहरुको भूमिकामा रहेर खेल्नेछन् यिनीहरुको नै मुख्य भूमिका रहनेछ । यस खेलमा सेन्टरले सबैतिर खेल्न पाईने छैन् गोल सुटर र गोल याट्याक्करले मात्र गोल सुट गर्न पाउने छ ।