भैरब टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ११ औ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पूर्व पर्यटन मन्त्री जिवनराम श्रेष्ठले वातावरण सुधार गर्न पर्यावरण मैत्री हुनुपर्ने मा जोड दिदै भैरब खानेपानीले नगरपालिका भित्र नमुना कै रुपमा राम्रो काम गर्दै आइरहेको बताउनुभयो ।क्षेत्र नम्बर ८ का सांम्सद बिराज भक्त श्रेष्ठले ७५ बर्ष माथिका खानेपानी उपभोक्ता लाइ सम्मान गर्नुभयो ।
साथै उहाले नगरपालिका भित्र पानीको समान बितरण गर्नु पर्ने बताउदै आकाशे पानी सङ्कलनमा लाग्न सबै लाइ आग्रह गर्नु भयो ।
नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले वडा नम्बर ४ भौगोलिक बनावट र सार्वजनिक जग्गाको कमिका कारण बोरिङ गर्ने कार्य चुनौतिपूर्ण रहेको बताउनु भयो । साथै वडा ४ मा पानी ल्याउन वडा ६ सङ समन्वय गर्न निर्देशन दिनु भयो ।समितिले उपलब्ध गराइरहेको खानेपानीमा समस्या,आफ्ना भावना,गुनासो लगाएतका कुरा नगरपालिका लाइ राख्न नगरवासिलाइ अनुरोध गर्नुभयो । उहाले नगरपालिका लाइ उज्यालो बनाउन स्मार्ट बति जडान गर्नै योजना रहेको बताउदै आपराधिक कृयाकलाप न्युनिकरण गर्न ६ करोड लगानिमा सिसि टिभि जडान गर्ने बताउनुभयो ।
नागर्जुन नगरपालिकाकि उपप्रमुख सुशिला अधिकारिले नगरपालिकामा धेरै उपभोक्ता समिति सेवावर्धक नभइ नाफामूलक भएको गुनासो आएकोमा भैरब खानेपानीले भने ५१४ घर धूरीलाइ सेवाको भावले खानेपानी बितरण गरिरहेको बताउनुभयो ।
नागार्जुन नगरपालिकाका प्रवक्ता तथा वडा ५ का अध्यक्ष महेश रिमालले खानेपानी समस्या समाधानका लागि आवश्यक पर्ने सहयोग नगरपालिकाले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडा ४ का अध्यक्ष लक्ष्मिराम शर्माले वडा ४ ले बिगतका बर्षका दिन देखि नै खानेपानीको लागि लड्दै आइरहेको बताउदै अन्य वडामा जस्तै वडा ४ मा पर्याप्त हुने गरि पानी उपलब्ध गराउन डिपिआरको काम भैरहेको बताउनुभयो ।
त्यस्तै वडा ४ का पुर्व अध्यक्ष करुण कुमार बलामिले भैरब खानेपानी समितिले वडा ४ को वडावासिको तृष्णा मेटाउन अहम भुमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडा ६ का पुर्व अध्यक्ष राजेन्द्र बुढाथोकिले बोरिङ सुक्ने क्रममा रहेको बताउदै नगरपालिकाले यसको बारेमा सोच्नु पर्नै बताउनु भयो साथै यसको दिर्घकाल समाधानको लागि समितिले वाटर रिजर्भभेसनको बिकल्पमा जानु पर्ने बताउनु भयो ।
त्यस्तै भैरब टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुरेश प्रसाद ढुङ्गगानाले वडामा खानेपानीको समस्या समाधान गर्न आफुहरु दत्तचित्त भएर लागिरहेको बताउदै आगामी दिनमा पनि यसका लागि निरन्तर लाग्ने अठोट व्यक्त गर्नुभयो ।
सो साधारणसभा बाट सुरेश प्रसाद ढुङ्गानाको अध्यक्षमा १० सदस्य सहितको कार्यसमिति सर्वसम्मत रुपमा गठन भएको थियो । समितिमा उपाध्यक्ष सूर्य बहादुर ठकुरी ,सचिव बालकृष्ण ढुङ्गाना, कोषाध्यक्ष पूजा कार्की, सहसचिव श्रीराम पन्थी, सहकोषाध्यक्ष यम नारायण आचार्य, सदस्य पुष्पा बलामी (स्थापित) , सदस्य लक्ष्मी पछाइ, सदस्य सरस्वती मल्ल (शाही), सदस्य चन्दा बानो नियुक्त हुनुभएको थियो ।
साधारणसभा कार्यक्रममा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।