काठमाडौं,नागार्जुन पोष्ट
आ.ब २०७५/०७६ को वार्षिक प्रगति समिक्षा नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,प्रमुख अतिथी प्रदेशसभा सदस्य माननीय केशव पोखरेल , ज़िल्ला समन्वय समितिका सदस्य सिला चर्मकार,नगर उपप्रमुख सुसिला अधिकारी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा,वडा अध्यक्षहरू,नगर सभा सदस्यहरू,सरोकार वाला एंवम नगरपालिकाका कर्मचारीहरको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद माननीय केशव पोखरेलले जनताको लागि राहत हुने काम गर्न, सडकको दुराअवस्था र निर्माण एवम मर्मत छिटो गर्न सुझाव दिनुभयो। उँहाले नगरपालिकाले काम गर्दा अफ्ठ्यारो परेका कामहरुमा प्रदेश सरकारको तर्फबाट सहजिकरण गर्ने कार्य गर्न तयार रहको साथै वार्षिक प्रगति समिक्षा कार्यक्रमको सफलताको कामना पनि गर्नुभयो । जनताको लागि र नेताको लागि समेत सघीय प्रणाली नयाँ भएकोले यसले आकार लिदै गरेकोले केहि समय पछि यसले काम गर्ने वताउनु भयो ।
मेयर मोहन बस्नेतले जनताको लागि काम गर्न नगरपालिका सधै लागि रहे पनि मौसमले साथ नदिएकोले सीतापाइला रामकोट सडक अवको केही महिनामा नै काम सम्पन हुने बताउनुभयो। भर्खर भर्खर मात्र नगरपालिका बनेको अवस्थामा कानुन र कार्य विधिहरु नबनेको, कर्मचारी व्यवस्थापन देखि लिएर हरेक कुराहरु सबै नँयाबाट सुरुवात गर्नु पर्दाको अवस्थामा नेतृत्व गर्दा चुनौती र अवसर दुबै भएको र यस्तो अवस्थामा काम गर्दा पनि जनताले विश्वास गरी साथ र सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उँहाले नागाार्जुन न.पा. को सम्पूर्ण सडकहरु चाडै नै मर्मत गरेर सी.सी टिभी पनि जोड्ने योजना रहेको बताउनुभयो ।
त्यस्तै नागार्जुन न.पा. का प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले वार्षिक प्रगति समिक्षा पुस्तिका पनि सार्वजनिक भई सकेको र आगामी वर्षहरुमा कार्य सम्पादन अझ राम्रो गर्न सकियोस् भनेर आगामी चालु वर्षमा सम्पादन गर्ने कार्यक्रमहरुमा केही सल्लाह सुझाव राखिदिनु हुन अनुरोध गर्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक््रम पनि गर्ने भनिएता पनि जनताको उल्लेखिय उपस्थिति नभएको कारणले गर्दा सार्वजनिक सुनुवाई जस्तो कार्यक्रम यस्तो हलमा नभई जनताको माझमा गएर गर्ने भनेर मेयर मोहन ब. बस्नेतले कार्यक्रम केही समय पछी सार्वजनिक ठाँउमा नै गएर गर्ने भनेर तत्काललाई स्थगित गर्नुभयो ।नगरपालिकाले आ.व. २०७४/०७५ मा गरेका कामको समिक्षा गरिएको थियो ।