नानपामा नागार्जुन नगरपालिका उद्योग वाणिज्य सङ्घ गठन भएको छ । मिति २०८१–०४–०६ गतेका दिन नागार्जुन नगरपालिकामा २२ सदस्ययी सहित नागार्जुन नगरपालिका उद्योग वाणिज्य सङ्घ दर्ता भई कार्यसमिति गठन गरिएको हो । विशेष गरि नागार्जुन नगरपालिका भित्र छरिएर रहेका औधोगिक व्यापारिक एवं वित्तिय संघ संस्थाहरु एकत्रित गरि नगपालिकाको हक–हित , विकास र सकारात्मक भूमिका निभाउने उद्धेश्यले संघ गठन गरिएको हो ।
गठन गरिएको कार्यसमितिमा अध्यक्षमा तुलसीराम थापा,बरिष्ठ उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ,उपाध्यक्षमा शुक्र बहादुर तामाङ्ग,उपाध्यक्षमा रमेश प्रसाद गौतम ,महासचिवमा पप्पु गोतामे , सचिवमा मुस्कानराज गौतम, सचिवमा रूपेश रिमाल, कोषाध्यक्षमा अमरावती बलामी महर्जन,सदस्यमा अनुराधा जैसवाल गुरूङ्ग, सदस्यमा शिवहरी खड्का, सदस्यमा रामकृष्ण बलामी, सदस्यमा ईश्वर श्रेष्ठ, सदस्यमा आशाजीत शाक्य, सदस्यमा नारायण तिमिल्सिना, सदस्यमा प्रज्वल खत्री, सदस्यमा राजीव बस्नेत, सदस्यमा सुरेश श्रेष्ठ, सदस्यमा ईश्वर राज बलामी, सदस्यमा हेमराज बराल, सदस्यमा मंगलाल नगरकोटी, सदस्यमा सुरेन्द्र बसेल,सदस्य सचिवमा ना. न.पा. प्रतिनिधि नारायण प्रसाद तिमिल्सिना रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले नागार्जुन नगरपालिका उद्योग वाणिज्य सङ्घमा राजनितिकरण नगरि कार्य सञ्चालन गर्न आग्रह गर्दै नवनिर्मित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । नगरपलिका भित्र रहेका उद्योग ,व्यापारका समसमायिक विकास र व्यवसायीहरुको हक–हितका लागि संघ ले कार्य गर्ने छ ।