सीतापाईला जेसिज द्वारा संचालित जेसिज सप्ताह २०२४ कार्यक्रम समापन भएको छ।
मानवताको सेवा र बिश्वबन्धुत्वको भावनालाई आत्मसात गर्दै नागार्जुन नगरपालिकालाई कार्यक्षेत्र बनाएर सामाजिक सहकार्य, संस्कृति र परम्पराको उत्थान, खेलकुद लगाएत युवाहरुमा नेतृत्व र ब्याक्तित्व बिकास केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आईरहेको सीतापाईला जेसिज ज्ञानको उज्यालोले अज्ञानताको अन्धकारलाई हटाई विश्वलाई प्रकाशमय बनाउने सम्पूर्ण ज्ञात तथा अज्ञात गुरुहरुलाई सम्मान गर्ने पबित्र दिन अर्थात मिति २०८१ श्रावण ६ गते गुरु पुर्णिामाको दिन शैक्षिक जगतमा योगदान पुर्याउनुहुने सेवा निबृत्त गुरुहरुलाई सम्मान गर्दै जेसिज सप्ताहको शुरुआत गरेको थियो । सप्ताहब्यापी फरकफरक विभिन्न छवटा कार्यक्रम सम्पन्न गरि आज समाजमा जेसिजको भुमिका बिषयमा अन्तरक्रिया कार्यक्रम गर्दै जेसिज सप्ताहको समापन गरेको छ।
जेसिज सप्ताह कार्यक्रमका मुल कार्यक्रम संयोजक पुर्व अध्यक्ष तथा पुर्व राष्ट्रिय कोषाध्यक्ष जेसि बिमल रिमाल कार्यक्रम सभापति रहनु भएको उक्त सप्ताह समापन समारोहका प्रमुख अतिथि सीतापाइला जेसिजका पुर्ब अध्यक्ष एबम राप्रपा सहमहामन्त्री प्रकाश रिमाल रहनु भएको थियो। बिशिस्ट अतिथिमा नागार्जुन नगर प्रबक्ता एब वडा न ५ का वडा अध्यक्ष महेश रिमाल र नेपाल जेसिज क्षेत्र ग का लागी निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि राजाराम गौतम रहनुभएको थियो। उक्त कार्यक्रममा नागार्जुन नगर कार्यपालिका सदस्य अम्बिका गजमेर र कल्पना बसेल, वडा सदस्य तथा नागार्जुन सामाजिक शाखा संयोजक केशव थापा, सिताराम माबिका पुर्ब प्रअ सुरेन्द्र थापा, त्रिभुवन बिश्वबिधालय शिक्षा संकायका पुर्व प्राध्यापक प्रो गिरिराज पौडेल, इचङ्गुनारायण मन्दिर संरक्षण समितिका उपाध्यक्ष एबम लायन्स क्लब अफ काठमाडौ नागार्जुन सिटिका सचीव शंखबिर पुतुवार, आदेश्वर फुलबारी टोल सुधार तथा खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष बिनोद थपलिया, आदेश्वर कोलोनी निवासी समाजसेवी तथा पुर्व सैनिक मेजर इश्वरी पाण्डे, आदेश्वर भद्रमती टोल निवासी ब्यावसायी तथा समाजसेवी हरि कार्की लगाएत सीतापाईला जेसिजका संस्थापक अध्यक्ष जेसि स्वयम्भू शाक्य, पुर्व अध्यक्षज्युहरु क्रमश जेसि लक्षमण बस्नेत , जेसि शिवराम रावत, जेसि प्रदीप आचार्य, जेसि रुपेश रिमाल, निवर्तमान अध्यक्ष जेसि राहुल खड्का र सीतापाईला जेसिज बर्ष २०२४ का पदाधिकारी तथा सदस्यहरुको गरिमामय उपस्थिति रहेको थियो।
समाजमा जेसिजको भुमिका बिषयमा संस्थापक अध्यक्ष स्वयम्भू शाक्य, बर्ष २०२४ का शाखा अध्यक्ष जेसि हेमराज बराल र नेपाल जेसिज क्षेत्र ग का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि राजाराम गौतमले जेसिज अभियानको बारेमा प्रकाश पार्नुभएको थियो भने बिशिस्ट अतिथिमा नागार्जुन नगर प्रबक्ता एब वडा न ५ का वडा अध्यक्ष महेश रिमाल र प्रमुख अतिथि सीतापाइला जेसिजका पुर्ब अध्यक्ष एबम राप्रपा सहमहामन्त्री प्रकाश रिमालले सीतापाईला जेसिजले पछिल्लो समय नागार्जुन नगरपालिकामा अत्यन्तै उत्कृष्ट क्रियाकलापहरु संचालन गर्दै सामाजिक संस्थाहरु मध्यमा आफ्नो गरिमा उच्च राख्न सफल रहेको र निरन्तर सफलताको कामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि उहाँहरुको साथ, सद्भाव र सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो।
सीतापाईला जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि हेमराज बरालले जेसिज सप्ताह भब्य र सभ्य रुपमा सम्पन्न गराउन अहम् भुमीका निभाउने सम्पुर्ण पुर्व अध्यक्ष, जेसिज सदस्य र कार्यक्रम संयोजकज्युहरु प्रति हार्दिक आभार व्यक्त गर्दै जेसिज सप्ताह कार्यक्रमका मुल कार्यक्रम संयोजक पुर्व अध्यक्ष तथा पुर्व राष्ट्रिय कोषाध्यक्ष जेसि बिमल रिमाल लगाएत जेसिज सप्ताह उदघाटन समारोह तथा गुरुपुर्णिमा बिशेष गुरु सम्मान कार्यक्रमका संयोजक जेसी कृष्ण प्रसाद ढ्काल, निशुल्क स्वास्थ शिविर तथा मेहन्दी लगाउने कार्यक्रम संयोजक जेसी नन्दकला पाण्डे, पञ्च्पल्लव बृक्षरोपण कार्यक्रमका संयोजक मंगल लाल नगरकोटी, महिला सेल्फ मेकअप तथा स्क्रिन केयर प्रशिक्षण कार्यक्रमका संयोजक जेसी करुणा पुरी, अध्यात्म, योग र संस्कृत शिक्षा अन्तरक्रिया कार्यक्रम संयोजक जेसी हरि शरण रिजाल ,मैत्रीपुर्ण फुटसल प्रतियोगिता कार्यक्रम संयोजक जेसी दिपेश रिमाल, जेसीज सप्ताह समापन कार्यक्रम तथा समाजमा जेसिजको भुमिका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम संयोजक जेसी अञ्जली बराललाई मायाको चिनो द्वारा् सम्मान गर्नुभएको थियो। अध्यक्ष हेमराज बरालले उक्त सप्ताहब्यापी कार्यक्रममा सहकार्य गर्नुहुने संस्था मेडिस्टार पोलिक्लिनिक थापाचोक, करुणा ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर सितापाईला लाई विशेष धन्यवाद व्यक्त गर्दै जेसिज सप्ताह भब्य र सभ्य रुपमा सम्पन्न गराउन अहम् भुमिका निभाउने सम्पुर्ण पुर्व अध्यक्षज्युहरु, सीतापाईला जेसिज बर्ष २०२४ का बोर्डका पदाधिकारी र सदस्यहरु, कार्यक्रम संयोजक तथा विभिन्न महानुभावहरु प्रती हार्दिक आभार व्यक्त गर्दै निकट समयमै थप उत्कृष्ट कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताउनु भएको छ।