नागार्जुन नगरपालिकाले आफ्नो वार्षिक समीक्षा आ.व २०८० ८१ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाका प्रमुख, उप–प्रमुख, विभिन्न शाखाका प्रमुखहरू, वडाध्यक्षहरू,कर्मचारी, स्थानीय बासिन्दा, तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा सो कार्यक्रम नगरपालिकाको सभाहलमा आयोजित गरिएको थियो। समीक्षा कार्यक्रममा नगरपालिकाले गत आर्थिक वर्षमा गरेका प्रमुख गतिविधिहरू, उपलब्धिहरू, तथा भावी योजनाहरूको बारेमा विस्तृत रूपमा जानकारी गराएको थियो।
कार्यक्रममा नागार्जुन नगरपालिका वडा न.१ देखि १० सम्मका वडाले आफनो वार्षिक प्रगति प्रस्तुत गरेको थियो । जस अन्र्तगत कर, आयोजना विवरण , भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा,खानेपानि, सामाजिक सुरक्षा,बालबालिका , तार व्यवस्थापन ,ज्येष्ठ नागरिक लगायतका कुराहरुको प्रगति विवरण प्रस्तुत गरेको थियो । साथै सम्पूर्ण वडाका स्वास्थ्य केन्द्र बाट प्रदान गरिएका सेवाहरुको पनि वार्षिक प्रगति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुखले नगरपालिकाले गरेको प्रगतिलाई सम्बोधन गर्नुभयो । यहाले नगरपालिकाले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, स्वच्छता, तथा सामाजिक सेवाका क्षेत्रमा गरेका विभिन्न कामहरूको चर्चा गर्नुभयो। साथै, उहाले नगरवासीको सहयोग तथा सहभागिताले नगरपालिकालाई थप गतिशील र समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमा नगर उप–प्रमुखले समापन मन्तव्य राख्दै, नगरपालिकाले आगामी दिनहरूमा थप पारदर्शिता, जवाफदेहिता, र सेवा प्रदायकताको गुणस्तरमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारीले स्वागत मन्तव्य राख्दै आगामि बर्षको प्रगतिका लागि अहिलेको बर्षमा भएका कमि कमजोरी लाई सुधार गर्नुपर्नैमा जोड दिनुभयो ।
समीक्षा कार्यक्रमको मुख्य उद्देश्य नगरपालिकाको वार्षिक प्रगति मूल्याङ्कन गर्नु, समस्याहरू पहिचान गर्नु, र आगामी वर्षका लागि सुधारका उपायहरू तय गर्नु रहेको थियो । समिक्षा कार्यक्रममाख नक्सा भवन तथा शहरी शाखाले सडक, खानेपानी, ढल व्यवस्थापन, र अन्य पूर्वाधार निर्माणका कार्यहरूमा भएको प्रगतिबारे जानकारी गरायो। स्वास्थ्य शाखाले नगरवासीलाई दिइएको सेवा, खोप अभियान, तथा स्वास्थ्य केन्द्रहरूको सुधारका विषयमा रिपोर्ट प्रस्तुत ग¥यो। शिक्षा शखाले नगरभित्रका सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि सञ्चालन गरिएका कार्यक्रमहरूको जानकारी गरायो। त्यस्तै प्रशासन शाखा,कृषि,महिला तथा बालबालिका शाखा,पशु विकास शाखा ,आर्युवेद शाखा , राजस्व शाखा, सामाजिक विकास शाखा ,आर्थिक विकास तथा लेखा शाखा,प्रधानमन्त्री रोजगार शाखा,पन्जिकरण शाखा लगायत शाखाहरुले बार्षिक समिक्षा प्रस्तुत गरेका थिए । विकास निर्माण कार्यहरूमा केही प्रगति भए पनि केही चुनौतीहरू पनि देखिएका छन्। विशेष गरी, ढिलासुस्ती, जनशक्तिको अभाव, र वित्तीय व्यवस्थापनमा देखिएका समस्या समीक्षा कार्यक्रमको क्रममा उठाइएका थिए ।
समीक्षा कार्यक्रममा सहभागीहरूले नगरपालिकाको कामको प्रशंसा गर्दै साथै भावी योजनाका लागि रचनात्मक सुझावहरू पनि दिएका थिए। विशेष गरी, नगरवासीहरूको प्रत्यक्ष सहभागिता बढाउने, सूचना प्रवाहलाई प्रभावकारी बनाउने, तथा सेवाहरूको पहुँचलाई सहज बनाउने विषयमा विशेष जोड दिइएको थियो। नगरप्रमुखले सहभागीहरूको सुझावलाई ध्यानमा राखी आगामी वर्षको योजनामा सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समीक्षा कार्यक्रममा नगरपालिकाले आगामी वर्षका लागि केही महत्वाकांक्षी योजनाहरू पनि प्रस्तुत ग¥यो। ती योजनाहरूमास्थानीय उद्यमशीलताको प्रवर्द्धन प्रमुख थियो । नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासमा विशेष प्राथमिकता दिने योजना बनाएको छ । यस वार्षिक समीक्षा कार्यक्रमले नागार्जुन नगरपालिकालाई आफ्नो कामलाई अझ सुधार्न, जनताको विश्वास जित्न, तथा नगरवासीको जीवनस्तर उकास्न महत्वपूर्ण मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ। समिक्षा कार्यक्रमको समापनमा नगरपालिकाले आफ्नो वार्षिक प्रतिवेदनलाई सार्वजनिक रूपमा प्रदर्शन गर्दै आगामी दिनमा नगरपालिकालाई थप प्रभावकारी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्यो ।
यसरी, नागार्जुन नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रमले नगरपालिकाको प्रगति, समस्या र सम्भावनाहरूको व्यापक समीक्षा गर्ने अवसर प्रदान गर्यो। कार्यक्रमले नगरपालिकालाई थप योजनाबद्ध र जनकेन्द्रित तरिकाले अघि बढ्न उत्प्रेरित गरेको छ । नगरपालिकाले नगरवासीहरूको भरोसा जित्दै समृद्ध नागार्जुन नगरको परिकल्पनालाई साकार पार्ने दिशामा अघि बढिरहेको छ ।