प्याब्सन नागार्जुनको आयोजनामा मिति २०८१ साल मंसिर १५ गते विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ हुदैछ,उक्त कार्यक्रमको बिषयमा जानकारी गराउनका लागी पत्रकार सम्मेलन गरिएको थियो । उक्त पत्रकार सम्मेलन जारी गरिएको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।
प्रेस विज्ञप्ति
प्याब्सन नागार्जुनका कार्यसमितिका पधाधिकारी तथा सदस्य मित्रहरु, सल्लाहाकार समितिका संयोजक तथा सदस्यहरु, प्याब्सनको केन्द्रीय सदस्य ज्यू, प्याब्सन काठमाडौका कार्यसमिति सदस्य ज्यू, विभिन्न उपसमिति तथा बिभागका संयोजक तथा सदस्यहरु, पत्रकार तथा सञ्चारकर्मी मित्रहरु, यहाँ उपस्थित विभिन्न विद्यालयका प्रिन्सिपल, भाइसप्रिन्सिपल, डाइरेक्टर, कोओर्डिनेटर, शिक्षक प्रतिनिधि, नृत्य प्रशिक्षक सररम्यामहरु र उपस्थित सम्पूर्ण महानुभावमा सादर नमस्कार तथा स्वागत गर्न चाहान्छौँ
प्याब्सन नागार्जुनको वार्षिक क्यालेण्डर २०८१ अनुसार अतिरिक्त क्रियाकलाप अन्तर्गत मिति २०८१ साल मंसिर १५ गते शनिबार दिनको १०ः०० बजेबाट सञ्चालन हुन गइरहेको विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितत २०८१, मा प्याब्सन नागार्जुनको सदस्य विद्यालयका प्रतियोगी विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न हुन गईरहेको कुरा जानकारी गराउन चाहान्छौँ। वास्तवमा प्याब्सन नागार्जुनले विद्यार्थीहरुको प्रतिभाको प्रस्फुटन गराउने अभिप्रायले वार्षिक रुपमा नैे क्यालेण्डर तय गरी विविध खालका शैक्षिक तथा अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु संचालन गर्दै आइरहेको कुरा अवगत नै छ। ती कार्यक्रमहरु मध्ये विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगितत २०८१, नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने हेतुले सञ्चालन गर्ने जमर्काे गरिएको व्यहोरा अवगत गराउन चाहान्छौँ । यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली मौलिक संस्कृतिलाई प्रवर्धन गर्नमा थोरै भए पनि टेवा पुर्याउने रहेको छ । आफ्नै मौलिक विशिष्टतासहितको बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुधार्मिक नेपालको सामाजिक परिवेशमा आफ्नो माटोको पहिचान झल्कने नेपाली लोक संस्कृतिको विकासमा यस कार्यक्रम अझ फलदायी हुनेछ भन्ने समेत विश्वास लिएका छौँ । यस्ता किसिमका प्रतियोगिताबाट विद्यार्थी भाइबहिनीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुनेछ र यसले विद्यालयहरुको समग्र विकासमा पनि सहयोगी पुग्नेछ भन्ने विश्वास लिएका छौँ। यस प्रतियोगितामा विभिन्न ... वटा विद्यालयका करिब ... जना विद्यार्थीहरुले सहभागिता जनाउने छन् । साथै यस कार्यक्रमले सम्पूर्णमा मनोरञ्जन प्रदान गर्ने तथा सामाजिक, सांस्कृतिक सद्भाव फैलाउने छ भन्नेमा आयोजक पूर्ण रुपमा विश्वस्त छ । तसर्थ यस कार्यक्रममा सहभागी भई विद्यार्थीहरुलाई हौसला बढाइदिनु हुन सादर अनुरोध गर्दछौँ। साथै यस महत्वपूर्ण प्रतियोगिताको हाम्रा सहभागी विद्यालयका विद्यार्थीहरु, अभिभावकहरु र सम्पूर्ण शुभचिन्तकहरुले घरमा नै बसेर सामाजिक प्ल्याटफर्म तथा टेलिभिजन मार्फत हेर्न मिल्ने गरी फेसबुक लाइभ तथा मेघा टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको कुरा जानकारी गराइन्छ।
अन्तमा विद्यालय स्तरीय सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ मा सहभागिताको सुनिश्चिितता गरी आजको पत्रकार साक्षात्कार कार्यक्रममा पाल्नुहुने सदस्य विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल, डाइरेक्टर, कोओर्डिनेटर, शिक्षक प्रतिनिधि, नृत्य प्रशिक्षक सररम्यामहरु, पत्रकार मित्रहरु र उपस्थित सम्पूर्ण महानुभावमा यहाँहरुको अमूल्य समयको लागि नागार्जुन प्याब्सनको कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ र आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ। धन्यवाद
मिति २०८१ ०८ ०७ गते शुक्रबार
समय अपरान्ह ठीक ३ः०० बजे
स्थान बोधिबृक्ष एलिमेन्ट्री स्कूल, नागार्जुन २, सानोभर्याङ्, काठमाडौ
संयोजक डि बी ढकाल अध्यक्ष बासुदेव घिमिरे
अतिरिक्त क्रियाकलाप बिभाग प्याब्सन नागार्जुन, नागार्जुन नगरपालिका, काठमाडौं
त्यस्तै प्रतियोगिताका नियमहरु निम्न लिखित छन्
१. नृत्य प्रतियोगितामा सहभागी हुने विद्यालयहरुले सहभागिताको लागि दर्ता शुल्क रु. ३,००० भुक्तानी गर्नुपर्नेछ र ढिलोमा २०८१ मंसिर १२ गते बुधबार अपरान्ह ४ बजे भित्र आयोजक प्याब्सन तथा होस्ट स्कूलको सम्पर्कमा रहेर कार्यक्रममा सहभागी विद्यार्थीहरुको संख्या र नामावली, गीतको बोल र नृत्य शिक्षकको नामसहित सहभागिताको सुनिश्चितता गर्नुपर्नेछ।
२. अन्तर( विद्यालय सांस्कृतिक नृत्य प्रतियोगितामा कक्षा १० सम्मका छात्रछात्राहरुलाई समावेश गराउन पाइनेछ।
३. सहभागी नृत्य समूहमा कम्तीमा १२ जना र बढीमा १६ जनासम्मको सहभागिता रहनुपर्नेछ। सो भन्दा कम वा
बढी भएमा सहभागी समूहको मूल्याङ्कन राखिने छैन।
४. नृत्य गर्ने गीत नेपाली संस्कृति झल्किने खालको मात्र हुनुपर्नेछ। स्टेज भित्रको प्रस्तुतीलाई मात्र मूल्याङ्कन गरिनेछ र
स्टेजमा आउनेजाने गरी गरिने नृत्यलाई पनि निरुत्साहित गरिनेछ।
५. प्रत्येक समूहले ५ मिनेटसम्मको नृत्य प्रस्तुत गर्न पाइनेछ। समय बढेमा त्यसको मूल्याङ्कन हुने छैन।
६. नृत्य प्रस्तुत गरिने गीत रिमिक्स वा १ भन्दा बढी गीत मिसाएको हुनु हुने छैन।
८. प्रतियोगितामा सहभागी हुने प्रतियोगीहरु बिहान ठीक ९.३० बजेसम्ममा कार्यक्रम स्थलमा उपस्थित भइसक्नु पर्नेछ।
९. नृत्यमा प्रयोेग गरिने चुरा फुटेर स्टेजमा चोटपटक लाग्ने संभावना हुने भएकोले नृत्यमा प्रयोग गरिने चुरा पलास्टिकको
हुनुपर्नेछ।
१०. नृत्य अनुसार मञ्च सजावट गर्न तथा अन्य कुनै अतिरिक्त एच्इएक् को प्रयोग गर्न पाइने छैन साथै नृत्य गर्दा कुनै
पनि अभिनय र संवादलाई निषेध गरिएको छ र नृत्यको लागि छनोट गरिएको गीतको बारेमा पूर्व परिचय तथा
पृष्ठभूमिको जानकारी दिन पाइने छैन।
११. नृत्यमा प्रयोग गरिने गीत उल्लेखित इमेलमा दयमजष्दचष्कपकजबउचभकअजयय२िनmबष्।िअयm यही मंसिर १२ गते भित्र पठाउनुहुन अनुरोध गरिन्छ अन्यथा कार्यक्रमको दिनमा नृत्यमा बजाइने गीत मोबाइलमा वा अन्य कुनै डिभाइस्मा लिएर आउनुहुन र प्रि चेक गर्नुहुन सुचित गरिन्छ।
१२. कार्यक्रममा उपस्थित निर्णायकहरुको निर्णयलाई नै अन्तिम निर्णय मानिनेछ।
१३. प्रतियोगितामा उत्कृष्ट चारभित्र परेका समूहहरुलाई निम्न अनुसार प्रमाण( पत्र तथा ट्रफी प्रदान गरिनेछ ।
१४. नृत्य प्रस्तुत गरिने स्टेजको साइज घण्रद्दण् ९लम्बाई ३० फिट र चौडाई २० फिट ० को हुनेछ र उक्त स्टेजमा वा
विद्यालयको स्टेजमा गएर पूर्व अभ्यास गर्न पाइने छैन।
१५. प्रथम स्थान १ समूह, द्धितीय स्थान २ समूह, तृतीय स्थान २ समूह र चतुर्थ स्थान २ समूह गरी ७ समूहलाई
बिजेताको रुपमा सम्मान गरिनेछ र प्रतियोगितामा सहभागी बाँकी सम्पूर्ण समूहहरुलाई उत्कृष्ट नृत्य प्रदर्शन शीर्षकमा
ट्रफी र सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ।
१६. निर्णयका लागि मुख्य आधारहरु
१६. निर्णयका लागि मुख्य आधारहरुस्
प्रस्तुतीकरण कोरियोग्राफी स्टेजकभर श्रृङ्गार र भेषभूषा हाउभाउ, भाव, लय, अभिनय जम्मा
४० २० १० १५ १५ १००
कार्यक्रम
मिति २०८१ मंसिर १५ गते शनिबार
स्थान बोधिबृक्ष एलिमेन्ट्री स्कूल, नागार्जुन २, सानोभर्याङ्, काठमाडौ
समय बिहान ९.३० बजे
आयोजक प्याब्सन नागार्जुन ,काठमाण्डौ