आज मिति २०८१/९/१० गतेका दिन रानीवन पाठशलाद्वारा आयोजित विज्ञान प्रदर्शनी कार्यक्रममा विभिन्न स्थानीय तथा राष्ट्रिय गायक गायिकाको प्रस्तुतीका साथै शिक्षक तथा विद्यार्थीहरुद्वारा निर्मित विभिन्न विज्ञान प्रर्दशनी सम्बन्धी बिभिन्न सामग्रीहरू राखिएका थिए। उक्त कार्यक्रमको अध्यक्षता रानीवन पाठशलाका प्रधानाध्यापक माधव वेलवासेले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्व विधालयका प्राध्यापक प्रोफेसर डा मोतिलाल शर्मा(भुसाल)को उपस्थिती रहेको थियो भने विज्ञान र प्रविधिसँग सम्बन्धि विभिन्न विधालय तथा विश्वविद्यालयबाट प्रोफेसरहरुको उपस्थितीका साथै राष्ट्रिय ब्याटमिन्टन खेलाडी राजकुमार पोखरेलको र युवा व्यायवसायी हरि प्रसाद ओझाको समेत उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमका प्रमुख आकर्षणहरु :
विद्यार्थीहरुद्वारा निर्मित विभिन्न विज्ञान र प्रविधिसँग सम्बन्धित सामग्रीहरू साथै स्थानिय सा्रेत र साधनबाट निर्मीत बिभिन्न घरायसी कामकाज र सजावटका सामग्रीहरू प्रदर्शनी साथै बिक्री बितरणमा राखिएको थियो उक्त विषयको अवलोकन र अध्ययनका लागि विभिन्न विद्यालयबाट शिक्षक,शिक्षिका तथा विद्यार्थीहरूको पनि सहभागीता रहेको थियो ।कार्यक्रमलाई अझ रोचक बनाउन बालबालिकाहरूका लागि विभिन्न खेल सामग्रीहरू पनि राखिएका थिए।
रानीवन विद्यालयका शिक्षिकाहरूद्वारा विभिन्न परिकारहरू तयार पारिएको थियो जसमा सेल रोटी, जेरी, मोमो तथा विभिन्न फलफूलहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा थप आकर्षणका रूपमा निशुल्क दन्त शिविर पनि आयोजना गरिएको थियो । उक्त विज्ञान प्रदर्शनी कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल बनाउनका लागि विद्यालयका सम्पूर्ण कर्मचारीहरु शिक्षक, शिक्षिका, प्राविधिक सहयोगी, तथा अन्य कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए। उनीहरूको सामूहिक प्रयासकै कारण कार्यक्रम थप व्यवस्थित, प्रभावकारी, र स्मरणीय बन्न सकेको र यसमा अभिभावकहरुको उपस्थितीले अझ सुनमा सुगन्ध थपि दिएको बिधालयका प्रधानाध्यापक माधव वेलवासेले बताउनुभयो ।
विज्ञान प्रदर्शनीको उद्देश्य विद्यार्थीहरूलाई विज्ञानका विभिन्न शाखाहरू र तिनका प्रयोगहरूको बारेमा बुझाउन र अभ्यासमा ल्याउन हो। यसले विद्यार्थीहरूलाई सिर्जनात्मक विचार,अनुसन्धान र प्रयोगात्मक कार्यमा संलग्न गराउँछ, जसले उनीहरूको शैक्षिक र बौद्धिक क्षमता बढाउँछ यसले विद्यार्थीहरूको रचनात्मकता र वैज्ञानिक सोचलाई प्रोत्साहन दिन्छ,जसले उनीहरूको समग्र विकासमा मद्दत पुर्याउँछ। । प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले आफ्ना परियोजना र प्रयोगहरू प्रस्तुत गर्नका लागि समर्पण, समय व्यवस्थापन र नेतृत्व क्षमताहरू पनि विकास गर्छन्। यसका अतिरिक्त, विज्ञान प्रदर्शनीले विद्यार्थीलाइ वैज्ञानिक सोच र नवप्रवर्तनको महत्त्व पनि बुझाउँछ, जसले भविष्यका वैज्ञानिक र अनुसन्धानकर्ताहरूको मार्ग प्रशस्त गर्दछ। यसले शिक्षक र विद्यार्थीहरूको बीचको अन्तर्क्रियामा पनि सुधार ल्याउँछ, जसले पाठ्यक्रमको बाहिरी दुनिया र वास्तविक जीवनसँगको जडानलाई प्रकट गर्दछ। अन्ततः विज्ञान प्रदर्शनी विद्यालयमा एक प्रकारको उत्सवको रुपमा प्रस्तुत हुन्छ, जसले विद्यार्थीहरूको उत्साह र जिज्ञासा बढाउँछ, र तिनीहरूलाई सिकाइको प्रक्रियामा गहिरो संलग्नता दिलाउँछ यसका परिणामस्वरूप विद्यार्थीहरूमा वैज्ञानिक दृष्टिकोणको विकास हुन्छ, जसले तिनीहरूको भविष्यमा विविध क्षेत्रमा सफलता प्राप्त गर्न मद्दत पुर्याउँछ।