पहिलो दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि ललितपुरको लगनखेलस्थित आर्मी कर्भडहलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा नेपालले पाकिस्तानलाई ३८–१३ स्कोरले पराजित ग¥यो ।नेपालको जितमा वुमन अफ दी म्याचसमेत बनेकी ओजस्वी निरौलाले १३ अंक बटुलिन।
शुक्रबार नै भएको दोस्रो खेलमा भने नेपालले माल्दिभ्ससँग पराजय बेहो¥यो । निकै प्रतिस्पर्धातमक खेलमा मालिदभ्सले नेपाललाई ३५–२७ ले स्तब्ध बनायो । माल्दिभ्सकी आमिनाथ आनी वुमन अफ दी म्याच घोषित भइन् ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शुक्रबार नै भएको अर्को खेलमा भारतले मिश्रित नतिजा निकाल्यो । पहिलो खेलमा माल्दिभ्सलाई ४१–२१ अंकले पराजित गरेको भारत दोस्रो खेलमा श्रीलंकासँग ४०–२४ ले पराजित भयो । पहिलो खेलमा भारतलाई विजयी बनाउन अन्ली कुमारीले २४ अंक जोडेकी थिइन् । श्रीलंकाको जितमा हिरोनी हिसानीले २५ अंको योगदान दिइन् ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले यो प्रतियोगिता सुरु गर्न आफैमा एक ऐतिहासिक कदम भएको र यसले सम्पूर्ण खेल क्षेत्रमा नै महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेटबल संघका अध्यक्ष मोहन बहादुर बस्नेतले यो खेलले महिला सशक्त्तिकरणका क्षेत्रमा योगदान प¥याउनुका साथै यो खेलले खेलकुद जगतमा राम्रो सन्देश दिएको र आगामी दिनमा सार्क स्तरीय खेलहरु गरी अघि बढ्न सके दक्षिण एसियामा नै आफ्नो देशको पहिचान राख्न यो खेलले मद्दत पु¥याउने बताउनुभयो ।
च्याम्पियनसिपको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा ले उद्घाटन गरे ।
नेपालले आयोजना गरेको यो दक्षिण एशियाली यु– १६ नेटबल प्रतियोगिता दक्षिण एशियामै पहिलो पटक हो ।च्याम्पियनसिप कार्तिक ५ गतेसम्म सञ्चालन हुनेछ ।