नागार्जुन ०७६ पुस ५
रन्जन कार्की/सानुराजा पुरी
नागार्जुन सामुदायिक बहुमुखी क्याम्पसको बृहत सार्वजनिक भेला सम्पन्न भएको छ । माननीय श्री कृष्ण गोपाल श्रेष्ठले भेलामा बोल्दै मानव विकास र सभ्यताको परिचय शिक्षाबाट झल्किन्छ,आर्दश विचार व्यवहार र कार्य दिशालाई शिक्षाले निर्देशिन गर्दछ । दर्शनबाट सिद्धान्त र सिद्धान्तबाट व्यवहार निर्देशित हुन्छ,सिद्धान्तलाई दर्शन हुदै कार्यान्वयनमा लैजाने माध्याम भनेको शिक्षा नै हो । नेपालमा उच्च शिक्षाको सुरुवात भएको ६० वर्ष भइसकेको छ ।यस अवधिमा एक स्थानीय तहमा एक सामुदायिक क्याम्पस हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभाका माननीय श्री केशव प्रसाद पोख्रेलले उच्चशिक्षाको लागि प्रदेश सरकारको तर्फबाट हर तरहले सहयोग गर्ने वताउनु भयो । Quality Higher Education for All Citizens भन्ने भूल नाराका साथ यस सामुदायिक क्यापसको थालनी हुनु पर्ने बताउनु भयो ।
प्रदेशसभाका मानीय श्री प्रकाश श्रेष्ठ ले प्राविधिक विषय र समसामयिक विषयमा अध्यापन गर्ने वातावरण तयार गर्ने । आर्थिक, प्राविधिक र गुणस्तरीय उच्चशिक्षा प्रदान गर्नुपर्ने वताए ।
नेपाल कानून आयोगका सचिव श्री चिरन्जीवी खनालले उच्चशिक्षाबाट वञ्चित भएका,अध्यायनको तिव्र इच्छा हुदाँहुदै आर्थिक कारणले स्नातक तहको अध्यायन गर्न
नसकेका, नपाएका आम नेपाली नागरिकहरुलाई सर्वसुलभ, किफायती एवम् न्यून शुल्कमा गुणस्तरीय स्नातक शिक्षा प्राप्त गर्ने अवसर हुने वताए ।
नागार्जुन नगरपािलकाका मेयर श्री मोहन बहादुर बस्नेतले शैक्षिक जनशक्तिको उत्पादन गर्नु, प्राज्ञिक उन्नयनका लागि विषयगत शोध, अध्ययन अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने । जनसंख्या बृद्धि हँुदा शैक्षिक संस्था अपरिहार्य बन्दै गएको छ । नगरपालिका भित्र सामुदायिक क्यापस नभएको सन्र्दभमा आम नगरवसी उच्च शिक्षाको लागि लामो समय खर्च गरेर विभिन्न ठाउँमा जानु परीरहेकोछ । सोध अनुसन्धाकर्ता लाई यस नगरमा अवसर प्रदान गर्न जरुरी भएको छ भनि वताए ।
वडा अध्यक्ष थुमराज के.सी.,महेश रिमाल लगाएतले सामुदायिक क्याम्पस संचालन गर्न सकिने वताएका थिए । सामाजिक अभियन्ता, प्रबुद्ध समुह, स्थानीय विज्ञहरुको उपस्थितिमा उद्धव राज पुरीको अध्यक्षतामा २९ सदस्यीय सामुदायिक क्यापस संचालक समिति गठन भएको छ । कार्यक्रममा अन्तरक्रिया अन्तरगत स्थानीयहरुले पनि आ आफ्नो बिचार तथा तर्क प्रस्तुत गरेका थिए ।