“स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो” भन्ने नारालाई मध्य नजर गर्दै नागार्जुन न.पा. वडा नं ६ स्थित फस्कूमा सुविधा सम्पन्न फिट्नेस क्लब खुलेको छ,जसमा फिट्नेसका लागि विभिन्न सुविधाहरु जस्तै जिम,कार्डियो तथा जुम्बाका क्लासहरु सञ्चालन भइरहेको कुरा सञ्चालक गौतम श्रेष्ठले नागार्जुन पोष्टलाई बताउनु भएको छ ।
उहाका अनुसार जिम, जुम्बा तथा कार्डियो गर्नको लागि विभिन्न सुविधा सम्पन्न मेशिनहरुका साथै विशेषज्ञ ट्रेनरद्धारा ट्रेनिङ पनि दिने व्यवस्था गरिएको छ ।
सफा शान्त तथा रमाइलो वातावरणमा ट्रेनिङ दिने उक्त फिट्नेस क्लब, फिट्नेस एक्सप्रेस स्थानिय युवाहरु मिलेर गाँउ ठाँउमा केही नयाँ काम गरुम भन्ने हिसाबले स्वास्थ्य क्षेत्रलाई मध्य नजर गरी खोलिएको फिट्नेस क्लबका अर्का सञ्चालक विविध मुनि बज्रार्चायले बताउनु भयो ।
स्थानिय युवा देवेन कार्की जो यस फिट्नेस क्लबका सदस्य पनि हुनुहुन्छ उहाँका अनुसार हामीहरु स्वास्थ्य राम्रो बनाउनुको लागि विभिन्न ठाँउहरुमा गई जिम,जुम्बा आदी क्लासहरु लिई रहेका हुन्छौँ तर आज हामैँ आफ्नै घर आँगनमा खुलेको फिट्नेस क्लबमा जादा न्युन मुल्यमा ट्रेनिङहरु लिन पाइनुका साथै समयको पनि बचत हुने भएकाले यो सुवर्ण मौका नगुमाउन हुन अन्य सम्पूर्ण स्वास्थ्य प्रेमी साथीहरुलाई पनि आहवान गर्नुभयो ।
फिट्नेस एक्सप्रेस विहान ६:00 बजे देखि ११:00 बजे सम्म र पुनः बेलुका ३ः३० बजे देखि ८ः३० बजेसम्म खुल्ला रहन्छ जहा पार्कीङको लागी पनि प्रशस्त सुविधा रहेको छ । उक्त फिट्नेस क्लबमा ट्रेनिङ गर्नका लागी 9851137099,9818533107 नं मा सम्पर्क गर्न सकिने सञ्चालकहरुले बताउनु भयो ।