काठमाडौं,आयुर्वेद प्राकृतिक तथा मौलिक चिकित्सा उपचार पद्वति हो, यसको उपयोग गरौँ अनि सधैँ स्वस्थ रहौँ भन्ने नाराका साथ नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होम द्वारा निशुल्क स्वास्थ्य शिविर २०७६ साल माघ १८ गते नागर्जुन नगरपालिका वडा नम्बर ३ कार्यलय को आफ्नै प्रागंणमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै ना.न.पा. वडा नं ३ का अध्यक्ष प्रेमलाल श्रेष्ठले यस्ता कार्यक्रमबाट वडा बासीहरु लाभान्वित हुने र उँहाहरुको स्वास्थ्यमा पनि सुधार हुने बताउनुभयो र आगामी वर्षमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो ।त्यस्तै कार्यक्रममा बोल्दै वडा सदस्य उमेश लामाले यो निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न सहकार्य गर्नुभएकोमा नमो क्षेत्रपाल हेल्थहोम स्वयम्भुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि उँहाहरुसँग सहकार्य गरि यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्न वडा नं ३ इच्छुक रहेको बताउनुभयो ।
बिहान ९ बजे देखि बेलुका ४ बजेसम्म उक्त निशुल्क स्वास्थ्य शिविरमा ३७७ बिरामीको उपचार गरिएको थियो।उक्त कार्यक्रममा आयुर्वेद पद्वतिद्वारा वरिष्ठ चिकित्सकहरुबाट विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य जाँच संगै परामर्श सेवा तथा औंषधि बितरण गरेको नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमका संचालक ममता रानाभाट ले बताउनुभयो ।
उक्त शिविरमा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्याष्ट्रिक, अल्सर, जन्डीस, पिनास, माइग्रेन टाउको दुख्ने०, बाथ रोग, युरिक एसिड, दम, उच्च रक्तचाप, सुगर मधुमेह,नशाको समस्या, स्त्रीरोग, महिनावारी समस्या लगायत विभिन्न रोगहरुको वरिष्ठ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य जाँच गरि बिरामीहरुको सेवाको लागि सक्दो सहयोग पुर्याएको उक्त हेल्थ होमका अध्यक्ष समिता के सीले बताउनुभयो ।
नमो क्षेत्रपाल हेल्थ होमले विभिन्न समयमा विभिन्न ठाँउहरुमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरु गराउँदै आइ रहेको छ जसबाट हजारौँले स्वास्थ्य लाभ पनि प्रप्त गरिसकेका छन् र आगामी दिनमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरु दुर्गम गाँउ ठाँउहरुमा पनि लगी सेवा प्रदान गर्ने लक्ष्य रहेको संचालक रविन खत्रीले बताउनु भयो ।