काठमाडौं,आयुर्वेद प्राकृतिक तथा मौलिक चिकित्सा उपचार पद्वति हो, यसको उपयोग गरौँ अनि सधैँ स्वस्थ रहौँ भन्ने नाराका साथ नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होम द्वारा निशुल्क स्वास्थ्य शिविर २०७६ साल फागुन ३ गते नागर्जुन नगरपालिका वडा नम्बर ५ हरिसिद्धीमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै ना.न.पा वडा नं ५ का अध्यक्ष महेश रिमालले यस्ता कार्यक्रमबाट वडा बासीहरु लाभान्वित हुने र उँहाहरुको स्वास्थ्यमा पनि सुधार हुने बताउनुभयो र आगामी वर्षमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो। बिहान ९ बजे देखि बेलुका ४ बजेसम्म उक्त निशुल्क स्वास्थ्य शिविरमा २४३ बिरामीको उपचार गरिएको थियो।उक्त कार्यक्रममा आयुर्वेद पद्वतिद्वारा वरिष्ठ चिकित्सकहरुबाट विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य जाँच संगै परामर्श सेवा तथा औंषधि बितरण गरेको नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमका संचालक ममता रानाभाट ले बताउनुभयो ।
उक्त शिविरमा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्याष्ट्रिक, अल्सर, जन्डीस, पिनास, माइग्रेन टाउको दुख्ने०, बाथ रोग, युरिक एसिड, दम, उच्च रक्तचाप, सुगर मधुमेह,नशाको समस्या, स्त्रीरोग, महिनावारी समस्या लगायत विभिन्न रोगहरुको वरिष्ठ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य जाँच गरि बिरामीहरुको सेवाको लागि सक्दो सहयोग पुर्याएको उक्त हेल्थ होमका अध्यक्ष समिता के सीले बताउनुभयो ।
नमो क्षेत्रपाल हेल्थ होमले विभिन्न समयमा विभिन्न ठाँउहरुमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरु गराउँदै आइ रहेको छ जसबाट हजारौँले स्वास्थ्य लाभ पनि प्रप्त गरिसकेका छन् र आगामी दिनमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरु दुर्गम गाँउ ठाँउहरुमा पनि लगी सेवा प्रदान गर्ने लक्ष्य रहेको संचालक रविन खत्रीले बताउनु भयो ।