महान शक्तीरास्ट्र अमेरिकी रास्ट्रपति डोनाल ट्रम्प , चीनिया रास्ट्रपति सि जिन पेङ , रसियन रास्ट्रपति भ्लादिमिर पुटिन , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी , फ्रान्स , जर्मन , इटालि का सरकार प्रमुख एबं रास्ट्र प्रमुख हरु लगायत संसार भरिका मानव आज आतंकित चिन्तित रहेका छ । कोरोना भाइरस कोभिड -१९ कारण आज तपाई ,म लगायत सारा विश्व अक्रान्त , आतंकित र चिन्तित छौ । यो परिबेस र पृष्ठभुमिमा हामिबिच आइरहेको नयाँ बर्ष को कुनै उत्साह ,उमंग , जोश र जांगर छैन ता पनि यतिबेला हामिले आफुलाइ आफैले बलियो र उर्जावान बनाउनुको बिकल्प छैन । अन्तरमुखी ,आत्मासंयमित हुँदै उनै परमात्मा भगवान प्रती आफुलाइ समर्पण गरेर जीवन र जगत दार्शनिक एबं धार्मिक रुपमा नियाल्नु जरुरी छ । यो नयाँ बर्ष -२०७७ लाई हामिले नयाँ तौरतरिका ले आत्मसात गर्नु पर्ने भएको छ । म र तपाईंको सार्बभौमसत्ता को उनै परमात्मा भगवानलाइ धन्यबाद दिदै हाम्रो आफ्नो ,परिवारको ,समाज ,रास्ट्र र विश्व को बाकी जीवन संचालन र ब्यबस्थापन को जिम्मेवारी उनै परमात्मा भगवान लाई समर्पण गर्नु अत्यावश्यक भएको छ । आफू सदा सकारात्मक , रचनात्मक र उर्जाशिल हुँदै निरन्तर सक्रिय रहनुमा नै हामी सार्थक र सबल हुन सक्दछौ ।आफ्नो धर्म , संस्कृति परिमार्जित परंपरा सामाजिक संस्कार अबलम्बन गर्दै सादा जीवन उच्च बिचारमा आफुलाइ ढाल्न सक्यौ भने यो लकडाउन हाम्रो लागि एउटा अबशर पनि हो ।
आफुलाइ सदा निमित्त संझेर उनै इस्वर परमात्मा प्रती हामी समर्पित र समाहित हुन सक्यौ भने हाम्रो मानव जीवन सफल , सबल र सक्षम रहने छ । यो नयाँ बर्षमा म भित्रको म को खोजीमा हामी लाग्न सकौ । आफै भित्र ब्रम्ह ,परम ब्रम्ह र पुर्णब्रम्ह को पहिचान गरौ । श्रीमद्भागवत गिता १७ अध्याय्को २३ औ श्लोक को मर्म र भावना ॐ तत सत लाई आत्मसात गरौ । यसले जिवनको अन्तर ज्योतीलाइ प्रज्वलित गर्ने छ ।तपाईं हाम्री जीवन सार्थक र सफल रहने छ । आफुलाइ आत्मिक , दार्शनिक र सामाजिक रुपम सबल र सक्षम बनाऔ । आफुले गरिरहेका पेशा ,ब्यबशाय र कामकारबाहीहरु अझ उत्साह र उमंगका साथ अगाडि बडाऔ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लाई आधुनिक र समुन्नत बनाउन हामी सबल र सक्षम हुने छौ । नयाँ बर्ष -२०७७ को पुन : सबैमा उनै परमात्माकै तर्फबाट सुख , शान्ती , समृद्धि र दिर्घायुको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै , लकडाउन मर्यादालाइ अझ कठोर र संयमताका साथ अबलम्बन गरौ । जीवन रहेमात्र जगत रहन्छ ।जगत रहेमात्र मानव सभ्यता । म र मेरो अनि तपाइको सार्बभौमसत्ता को लागि परमात्मा लाई हार्दिक आभार ब्यक्त गर्दछु ।
नयाँ बर्ष २०७७ साल ,समृद्ध र लोकतान्त्रिक नेपाल ।।
लेखक - पत्रकार एबं राप्रपाका केन्द्रीय प्रबक्ता हुन ।